३० असार २०८३, मंगलबार

चारवटै महानगरपालिकामा चुनाव जित्ने कांग्रेसको दावी

कात्तिक २०, २०७४
चारवटै महानगरपालिकामा चुनाव जित्ने कांग्रेसको दावी

काठमाडौं २८ वैशाख– नेपाली कांग्रेसले आसन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले चारवटै महानगरपालिकामा चुनाव जित्ने दावी गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा काग्रेस प्रचार विभाग प्रमुख रमेश लेखकले कांग्रेस–माओवादी केन्द्र गठबन्धनले चारवटै महानगर सहित ६० देखि ६५ प्रतिसत स्थानमा चुनाव जित्ने दावी गरेका हुन् ।

‘महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाको बस्तुस्थितीलाई सुक्ष्म ढंगले नियकालेका छौ’ भौतिक योजना तथा यातायात मन्त्री समेत रहेका मन्त्री लेखकले भने, ‘वस्तुस्थितीको विश्लेषण गर्दा काग्रेसका पक्षमा अभुतपूर्व जनलहर छाएको छ । ६० देखि ६५ स्थानमा चुनाव जित्दैछौ ।’

नेपाली काग्रेसको पहल र पर्यत्नमा संविधान कार्यान्वयन र निर्वाचन हुन लागेकोले काग्रेसको पक्षमा माहौल सृजना भएको उनले दवाी गरे । मन्त्री लेखकले निर्वाचन आयोगले तोकेको सीमा भित्र चुनावको खर्च गर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्