
महाभारतको युद्धलाई धेरैले कौरव र पाण्डवबीचको लडाईं भनेर बुझ्ने गर्छन् । तर महाभारत एक विश्वयुद्ध नै थियो भन्ने पक्षमा धेरै समालोचकहरूले आफ्नो मत राखेका छन् ।
करीब ५ हजार वर्ष पहिला भएको महाभारतको लडाईंमा रोम, ग्रीस र अन्य धेरै राज्यका राजाहरूले भाग लिएका थिए । हाल नेपाल रहेको तत्कालीन राज्य रजौटा र तिब्बतबाट पनि महाभारतको युद्धमा भाग लिन सैनिकहरू पुगेका थिए ।
युद्धमा लाखौँ सहभागी भएका थिए र हजारौंले ज्यान गुमाएका थिए । युद्धले संसारभरिको सामाजिक र आर्थिक संरचना खल्बल्याएको थियो ।
महाभारत युद्धमा प्रयोग भएका ब्रम्हास्त्रको क्षमता अहिले विकास भएको मिसाइलको भन्दा पनि बढी ध्वंसात्मक थियो । ती अस्त्रहरूले मान्छेको संहार मात्र गर्दैनथे, बरू वातावरणीय विध्वंश पनि मचाएका थिए ।
जहाँ ती अस्त्रहरू प्रयोग भएका थिए, त्यो जमिन बाँझो रहेको बताइन्छ । त्यो अस्त्रको प्रभाव क्षेत्रमा बसोबास गर्ने त्यतिबेलाका मानिसहरूमा विभिन्न किसिमका रोगहरू भेटिएको पनि दाबी गर्ने गरिएको छ ।
महाभारतको लडाईंपछि संसारको वातावरणीय सन्तुलन नै बिग्रेको थियो । त्यसैले महाभारतलाई त्यतिबेलाको विश्वयुद्धसँग तुलना गर्न सकिने मतहरू धेरै विद्वानले राखेका छन् ।