२५ असार २०८३, बिहीबार

वैज्ञानिकहरूको दाबी – मानव शरीरमा वर्षौंदेखि थियो कोरोना भाइरस

कात्तिक १४, २०७७
वैज्ञानिकहरूको दाबी – मानव शरीरमा वर्षौंदेखि थियो कोरोना भाइरस

ज्यानमारा महाव्याधि बन्नुअघि नै कोरोना भाइरस मानव शरीरमा वर्षौंदेखि रहेको हुन सक्ने विज्ञहरूले दाबी गरेका छन्। 

संसार नै अहिले यस भाइरसलाई नियन्त्रणमा लिन संघर्षरत छ। कोरोनाका कारण हालसम्म विश्वमा लाखौँको ज्यान गइसकेको छ ।

चीनको वुहानमा वन्यजन्तु बेच्ने एब बजारमा चमेरोबाट मानिसमा पहिलो पटक भाइरस सरेको भन्ने षड्यन्त्र सिद्धान्त व्यापक चलेको छ। 

तर, अग्रणी वैज्ञानिकहरूले त्यस सिद्धान्तमाथि शंका व्यक्त गरेका छन्। भाइरस मानिसमा महिनौं वा वर्षौंअघि प्रवेश गरेको हुन सक्ने र शरीरमा अनुकूलन हुँदै जाँदा त्यो थप खतरनाक बनेको उनीहरूको भनाइ छ। 

‘मानवहरूमा यो भाइरस केही समयदेखि नै छ जस्तो लाग्छ,’ सरुवा रोग विशेषज्ञ इयन लिपकिनले सीएउनलाई बताए। उनी अमेरिकामा रहेको कोलम्बिया मेलम्यान स्कूल अफ पब्लिक हेल्थमा आबद्ध छन्। 

‘कति लामो समयदेखि थियो ? हामीले ठ्याक्कै भन्न सक्दैनौं। त्यो महिनौंदेखि वा वर्षौंदेखि रहेको हुनसक्छ,’ उनले बताए। 

नेचर मेडिसिन म्यागजिनमा हालै छापिएको एक अध्ययन निष्कर्षले पनि मानिसले थाहा नपाइकन भाइरसले निकै अघिदेखि संक्रमण गरेको हुन सक्ने बताएको छ। 

भाइरसले आफूलाई अनुकूलन गरेर थप संक्रामक बनेको र कालान्तरमा ज्यानमारा बनेको सिद्धान्त हो। 

‘केही महिनाअघि यो विस्फोट भएर भयावह रूप लिएको मात्र हो। यसअघि पनि यो हलुका विस्फोट भएको हुन सक्छ, हामीले पत्ता लगाउन नसकेको मात्र हो,’ उक्त अध्ययनका अध्येता प्राध्यापक रोबर्ट गेरीले बताए । उनी टुलेन युनिभर्सिटी स्कूल अफ मेडिसनका प्राध्यापक हुन्।

salt training

कमेन्ट गर्नुहोस्