२४ जेठ २०८३, आइतबार

गण्डकी प्रदेशः २४ घण्टामा २६९ संक्रमित थपिए, ३ जनाको मृत्यु

कात्तिक १४, २०७७
गण्डकी प्रदेशः २४ घण्टामा २६९ संक्रमित थपिए, ३ जनाको मृत्यु

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २६९ जना कोरोना सङ्क्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ । 

कास्कीको पोखरा महानगरपालिका—१५ का ८१ बर्षीय कोरोना सङ्क्रमित पुरुषको आज बिहान होम आइसोलेसनमा रहेकै क्रममा निधन भएको छ भने स्याङ्जाको वालिङ नगरपालिका—५ का ७० वर्षीया महिलाको आज बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा निधन भएको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए ।  
त्यस्तै बाग्लुङको गल्कोट नगरपालिका—३ का ७२ वर्षीय कोरोना सङ्क्रमित पुरुषको बिहीबार साँझ पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

यीसँगै प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार ३१६ पुगेको छ । प्रदेशमा हालसम्म चार हजार २२१ जना सङ्क्रमित निको भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार २० जना पुगेको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्