
टर्की र ग्रीसमा शुक्रबार साँझ शक्तिशाली भूकम्प गएको समाचार छ । भूकम्पको तिव्रता ७ म्याग्निच्यूड भएको समाचारमा जनाइएको छ भने यसबाट टर्कीमा कम्तीमा ४ जनाको ज्यान गएको छ । यस्तै १२० जना घाइते भएका छन् ।
भूकम्पपछि भागदौड मच्चिएको थियो भने झट्कापछि समुन्द्रको सतह बढ्न पुगेको थियो । समाचारमा जनाइएअनुसार टर्कीको इजमिर शहरका विभिन्न स्थानमा समुन्द्रको पानी पसेको छ केही स्थानीयले यसको भिडियो सामाजिक सञ्जालमा शेयर गरेका छन् ।
Another tsunami footage from the earthquake in Izmir province of Turkey.
This one is really dangerous pic.twitter.com/62zfddWSi8— Ragıp Soylu (@ragipsoylu) October 30, 2020
टर्कीको विपद् व्यवस्थापन विभागका अनुसार काराकली जिल्लामा कम्तीमा १० भवन भत्किएका छन् । स्थानीय मिडियाको रिपोर्टअनुसार भत्किएका भवनमा मानिसहरु फसेका छन् भने सोही स्थान आसपासका कैयन् भवन चर्किएका छन् ।
टर्कीको इजमिर प्रान्त फल्ट लाइनमा पर्छ जहाँ १९९९ मा पनि शक्तिशाली भूकम्प आउँदा १७ हजार बढीको मृत्यु भएको थियो ।
यसैबीच टर्कीका राष्ट्रपति तैयवब अर्दोआनले ट्वीटरमार्फत सरकार नागरिकको उद्धारका लागि सबै शक्ति खर्चिएर लागिपर्ने बताएका छन् ।
