३० जेठ २०८३, शनिबार

काजल अग्रवालले गरिन् विवाह

कात्तिक १५, २०७७
काजल अग्रवालले गरिन् विवाह

सिंघम चलचित्रबाट चर्चामा आएकी बलिउड अभिनेत्री काजल अग्रवाल विवाह बन्धनमा बाँधिएकी छिन् ।

उनले आफ्ना प्रेमी गौतम किचलूसँग मुम्बईको एक होटलमा विवाह गरेकी हुन् । 

कोरोना भाइरस संक्रमणको जोखिमका कारण उनको विवाहमा केही मानिस मात्रै सहभागी भएका थिए । 

सामाजिक सञ्जालमा अहिले काजल र गौतमको वरमालाको फोटो सार्वजनिक भएको छ । दुवैको निकै लामो समयदेखि चर्चा हुने गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्