२२ जेठ २०८३, शुक्रबार

साउदीमा नाराबाजी गर्ने नेपालीमाथि मुद्दा

कात्तिक १५, २०७७
साउदीमा नाराबाजी गर्ने नेपालीमाथि मुद्दा

साउदी अरबमा घर फिर्तीको माग गर्दै नेपाल सरकारविरुद्ध नाराबाजीमा उत्रिएका एक नेपाली श्रमिकलाई शान्ति तथा सुरक्षाको मुद्दा लागेको छ ।

स्थानीय प्रशासनले उनीमाथि मुद्दा चलाएको हो । घर फिर्न नपाएका नेपाली श्रमिकहरूले गत भदौ २१ गते रियादस्थित समास्को कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए ।

साउदीमा यसअघि नेपाली श्रमिकविरुद्ध शान्तिसुरक्षासम्बन्धी मुद्दा लागेको थिएन । सार्वजनिक स्थानमा कुनै पनि प्रकारको धर्ना र नाराबाजी गर्न साउदीमा मनाही छ ।

नेपाली राजदूत महेन्द्रसिंह राजपुतले ती नेपालीलाई माफी दिई स्वदेश पठाउन पहल भइरहेको बताए । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्