
सुन्दा पत्याउनुहुन्छ ? तपाईंले अब खाना खाने चम्चा वा थाल वा गिलाँस केही पनि फाल्नु वा पुनः प्रयोग गर्नुपर्नेछैन । अर्थात यो खान मिल्नेगरी बनाइन थालेको छ ।
पछिल्ला समयमा स्वस्थकर जीवनशैलीलाई अपनाउन वैज्ञानिकहरूले विभिन्न शोधहरू गरिरहेका छन्
। प्लास्टिकको कम प्रयोग तथा वातावरण प्रदुशषलाई कसरी कम गर्ने भन्ने विषयमा अध्ययन गर्दै जाँदा वैज्ञानिकहरू खाना खाने चम्चा वा प्लेट पनि फाल्न नपर्नेगरी अनुसन्धानमा जुटेका छन् । यस्ता अध्ययनमा सक्रिय वैज्ञानिकहरूलाई सफलता समेत मिलेको छ ।
भारतको हैदरावादनिवासी नायारण पीसपतिले एउटा यस्तो चम्चा बनाएका छन् । जसलाई खाना खाइसकेपछि धुन वा फाल्न पर्दैन । यो चम्चा पनि खानाको एक हिस्सा हो । अर्थात खानासँगै चम्चा खान सकिन्छ ।
यस्तै ब्रिटेनको एक स्टार्ट अपले समुद्री घाँसबाट जलपात्र बनाएका छन् । गार्जियनका अनुसार, यो प्लास्टिकको विश्वव्यापी समस्यालाई कम गर्न महत्वपूर्ण हुनेछ ।
यसको सफल प्रयोग भइसकेको छ भने यसले कुनै हानी नगर्ने पनि पुष्टि भइसकेको बताइएको छ । यस भाँडोले पानीको बोतललाई विस्थापन गर्ने वा कम प्रयोगमा ल्याउने सामथ्र्य समेत राख्ने वैज्ञानिकहरूले बताएका छन् ।
यस्तै ब्रिटेनकै एक कम्पनीले समुद्री घाँसबाट नै बनेको प्याकेजिङ सामाग्री बनाएको छ । यसले बर्गर, चाउचाउ प्याक गर्न सहयोग मिल्छ ।
यस्तै न्यूयोर्ककै एक कम्पनीले एक यस्तो कप बनाएको छ, जसलाई खान सकिन्छ । यो समुद्री घाँसबाट बनाइएको छ ।
यी सामाग्रीहरूबाट सहजै मम, चाउचाउ वा बर्गर लगायतका खानेकुरा खान सकिने वैज्ञानिकहरूको विश्वास छ ।