३० जेठ २०८३, शनिबार

विवाहको भोज खाँदा एकै गाउँका ३४ जना बिरामी

कात्तिक १५, २०७७
विवाहको भोज खाँदा एकै गाउँका ३४ जना बिरामी

कञ्चनपुरमा विवाहको भोज खाएका एकै गाउँका ३४ जना बिरामी परेका छन । बेदकोट नगरपालिका–२ बसन्थलामा बिहेको भोज खाएर ३४ जना बिरामी परेका हुन् ।

बिहीवार बसन्थलाका रमेश थापाको बिहेमा भोज खाएर बिरामी परेका ३४ जनालाई उपचारका लागि महाकाली अस्पताल भर्ना गरिएको बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले जानकारी दिए।

उनका अनुसार शुक्रवार राती नै २९ जनालाई अस्पताल पुर्‍याइएको थियो भने शनिवार बिहान थप ५ जनालाई अस्पताल पु¥याइएको छ। बिहे भोज खाएकाहरूमा ज्वरो आउने, पखाला र वान्ता हुने समस्या देखिएको छ।

बिरामी पर्नेमा महिला र बालबालिका बढि छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्