
घरमा पालेको कुकुरलाई कतिसम्म माया गरिन्छ होला ? कुकुरको मृत्युपछि कसैले आफ्नो ज्यान नै गुमाउला ? भारतको मध्यप्रदेशमा एउटा दुःखदायी घटना भएको छ ।
मध्यप्रदेशको छिन्दवाडा जिल्लाको सोनपुर मल्टीका वासिन्दा सोमदेव मण्डलको घरपालुवा कुकुर हराएको २ दिनपछि मृत फेला पर्यो । जसले गर्दा सोमदेव शोकमा परे ।
कुकुरको मृत्युपछि आफ्नो सुनसान घरमा सोमदेवले आत्महत्या गरेको खबर प्रहरी कार्यालयमा पुगेपछि सबै झस्किएका छन् । मृतक सोमदेवका छोरा अमन मण्डलले भने, ‘हाम्रो घरमा एउटा कुकुर थियो । जसको मृत्यु भएपछि बुवा दुःखी थिए । उहाँले रक्सी पिउनुभएको थियो । हामी दिउँसो कामबाट घर फर्किंदा उहाँले घाँटीमा डोरी बाँधेर फाँसी लगाएको देख्यौं ।’
स्थानीय कोतवाली थानाका प्रभारी मनीषराज भदौरियाले घटनाको जानकारी पाएपछि एक जना झुण्डिएको अवस्थामा फेला परेका जानकारी दिएको भारतीय सञ्चारमाध्यम आजतकले समाचार लेखेको छ । कुकुरको मृत्युपछि शोकमा परेर आत्महत्या गरेको जानकारी परिवारजनले दिएको प्रहरीले जनाएको छ ।