
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियामा बेवारिसे शव फेला गरेको छ ।
नगरपालिकाको वडा नम्बर २ स्थित पूर्व रोडमा रहेको प्रतिक्षालयमा शव भेटिएको प्रहरीले जनाएको छ ।
शनिबार साँझतिर अन्दाजी ६० वर्षीया वृद्धको शव फेला परेपनि पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।