२२ जेठ २०८३, शुक्रबार

प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीविरुद्ध सर्वोच्चमा अवहेलना निवेदन

कात्तिक १६, २०७७
प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीविरुद्ध सर्वोच्चमा अवहेलना निवेदन

प्रधानमन्त्री  केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अदालतको अवहेलना गरेको भन्दै कैद सजायको माग  राखी सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।

१ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना गर्नुपर्ने माग गर्दै निवेदन दर्ता भएको हो ।

कोभिड १९ को उपचार निशुल्क गर्नु भन्ने सर्वोच्चको परमादेशको सरकारले गम्भीर उल्लङ्घन गरेकाले कारबाही गर्न माग गरिएको हो ।

अधिवक्ताद्वय लोकेन्द्र ओली र केशरजंग केसीले आज निवेदन दर्ता गरेका हुन् ।

सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले अवहेलना मुद्दा सर्वोच्चमा औपचारिक रुपमा दर्ता नभएको बताए ।

यसअघिको मुल मुद्दामा स्वास्थ्य मन्त्रालयलाई मात्र विपक्षी बनाइएको र यसपटक प्रधानमन्त्रीलाई समेत थप गरेर ल्याएका कारण अदालतले औपचारिक दर्ता गर्न नमानेको हो ।

सच्चाएर ल्याउन भनिएको सर्वोच्च स्रोतले बतायो । 

अधिवक्ता ओलीले भने मूल दर्तामा अवहेलना मुद्दा दर्ता भएको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्