
काठमाडौं, २९ वैशाख– कुमारी बैंक लिमिटेडले संस्थापक र सर्वसाधारण समूहको सेयर लिलाम बिक्री आह्वान गरेको छ ।
बैंकले हकप्रद सेयरका लागि २०७३ चैत ६ गतदेखि २०७४ वैशाख १० गतेसम्म बिक्री खुला गरी आवेदन माग गरिएकोमा बिक्री नभएको सेयर बिक्रीका लागि बोलपत्र आह्वान गरेको हो ।
बैंकले संस्थापक समूहतर्फ ८६ हजार ९२.६६ र सर्वसाधारणतर्फ २ लाख ८० हजार ४ सय ७० गरी ३ लाख ६६ हजार ५ सय ६२.६६ कित्ता सेयर बिक्रीका लागि बोलपत्र आह्वान गरेको छ ।
बैंकको सेयर खरिद गर्न चाहने व्यक्ति तथा संस्थाले २०७४ जेठ १४ देखि जेठ २१ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकले सेयर बिक्रीका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।
