३१ असार २०८३, बुधबार

बाहुबली–२ को अगाडि सरकार बन्यो ‘विचरा’ !

कात्तिक २०, २०७४
बाहुबली–२ को अगाडि सरकार बन्यो ‘विचरा’ !

बलिउडका राजा मानिने अमिताभ बच्चनमाथि बाहुबलीको असर देखिएको छ ।

फिल्म व्यापार विशेषज्ञका अनुसार बाहुबली २ को एक हजार करोड रुपैयाँ भन्दा धेरै कमाउन सफल भएको छ र दुई हप्ता वितिसक्दा पनि मानिसको भीड खिच्नसफल भएको छ । यस्तोमा अमिताभ बच्चनको शुक्रबार रिलिज भएको फिल्म सरकार–३ को लागि समस्या भएको छ ।

फिल्म व्यापार विशेषज्ञ अमोद मेहराका अनुसार बाहुबली २ फिल्मको सफलताको असर सरकार–३ माथि परेको छ । यो सीधा अर्थशास्त्र हो । जब कुनै फिल्मको शो हाउसफुल भइरहेको छ भने त्यसलाई सिनेमाघरबाट हटाउँदैनन् । चाहे पछिल्लो फिल्ममा जतिसुकै ठूलो स्टार किन नहुन् ।

सरकार–३ फिल्म भारतभर करिब १२ सयदेखि १४ सय स्क्रिनमा रिलिज भएको छ भने अन्य ४० विभिन्न देशका ४०० अन्य स्क्रिनमा पनि प्रदर्शन भएको छ । जबकी आम रुपमा ठूला स्टार भएका र ठूलो बजेटमा बनेका फिल्म २५०० भन्दा धेरै स्क्रिनमा एक साथ रिलिज हुने गरेका छन् । बाहुबली २ का कारण तरकार ३ ले धेरै हलमा स्थान बनाउन सकेन ।

बाहुबली २ दुई हप्ताको रफ्तार अनुसार तेस्रो हप्ता पनि चल्ने सम्भावना छ । जसका कारण आज रिलिज भएका फिल्महरुमा त्यसको प्रत्यक्ष असर पर्न सक्छ ।

salt training

कमेन्ट गर्नुहोस्