१४ असार २०८३, आइतबार

गाडेको ५ महिनापछि शव उत्खनन गरेर हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरियो

कात्तिक १९, २०७७
गाडेको ५ महिनापछि शव उत्खनन गरेर हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरियो

अर्घाखाँचीको मालारानी गाउँपालिका ४ खनका ५७ वर्षीय यमप्रसाद खनालको गत जेठ २८ गते मृत्यु भएको थियो । उपचार गर्न बुटवल गएर फर्किने क्रममा खनालको बाटैमा ज्यान गएपछि सेनाले शव व्यवस्थापन गरेको थियो । खनालको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

उनै खनालको शव परिवारले यही कात्तिक १५ गते निकालेर खुला रुपमा दाहसंस्कार गरेका छन् । आफन्त प्रकाश खनालले झण्डै ५ महिनामा शव उत्खनन गरी हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको बताए ।
‘त्यसबेला बव गाड्ने स्थल समेत नपाएर घर नजिकै गाड्नुपरेको थियो’, उनले भने,  ‘यसरी हुँदैन, आत्मशान्तिका लागि परम्पराअनुसार नै अन्तिम संस्कार गर्नुपर्छ भनेर शव निकाल्यौँ ।’

माटोमा गाडिएको शव केही सडेको थियो । पाँच घण्टा लगाएर निकालिएको शव पोको पारी परिवारका सदस्यले अन्तिम श्रद्धाञ्जली दिए । २४ जना मलामीसहित रिडी नदी घाटमा अन्तिम संस्कार गरिएको हो । अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्