२९ असार २०८३, सोमबार

फ्लोरिडा र जर्जियामा बाइडनको प्रदर्शन कमजोर

कात्तिक १९, २०७७
फ्लोरिडा र जर्जियामा बाइडनको प्रदर्शन कमजोर

अमेरिकाको राष्ट्रपति निर्वाचनमा अहिलेसम्मको मतगणना हेर्दा डेमोक्रेटिक पार्टीका जो बाइडनले फ्लोरिडा र जर्जिया राज्यमा कमजोर प्रदर्शन गरिरहेको देखिएको छ । 
 

फ्लोरिडाको ९१ प्रतिशत मतगणना भइसक्दा ट्रम्पले बाइडनलाई तीन अंकको अग्रता लिएका छन् । 

जर्जियामा ५४ प्रतिशत मतगणना हुँदा ट्रम्प १३ अंकले अघि छन् । 
 

हालैको मतसर्वेक्षणले बाइडनलाई त्यहाँ पाँत अंकको अग्रता देखाएको थियो । जर्जियामा पनि उनले जित्ने अनुमान गरिएको थियो । 
 

बाइडनले फ्लोरिडा वा जर्जिया जित्नैपर्छ भन्ने छैन । उनले मिशिगन, पेन्सिल्भेसनिया र विस्कोन्सिन जिते भने राष्ट्रपति बन्न सक्छन् । 

तर बाइडनले फ्लोरिडा वा जर्जिया जिते भने चाहिँ ट्रम्पले जित्ने सम्भावना न्यून हुन्छ । 
 

कमेन्ट गर्नुहोस्