१८ असार २०८३, बिहीबार

लुकीछिपी भारतबाट लागूऔषध भित्र्याउने ५ जना पक्राउ

कात्तिक १९, २०७७
लुकीछिपी भारतबाट लागूऔषध भित्र्याउने ५ जना पक्राउ
प्रतिकात्मक तस्वीर

जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित ५ जनालाई नियन्त्रणमा लिएर मंगलवार सार्वजनिक गरिएको छ ।

पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका–१ लौकहीका १९ वर्षीय मनिष यादव, भारत सुपौल बनेलीपट्टी–७ का १९ वर्षीय सुरेशकुमार गुप्ता, कोशी गाउँपालिका १९ वर्षीय महेशकुमार मेहता, भोक्राहा नरसिंह गाउँपालिका–१ का सञ्जीव उराव र रामधुनी नगरपालिका–३ झुम्काका नफिल मियाँ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

सुनसरी प्रहरीले शुरू गरेको लागूऔषध विरुद्धको अभियानअन्तर्गत भारतीय बजारबाट नेपाली बजारतर्फ लागूऔषध लिएर आइरहेको गोप्य सूचनाका अधारमा उनीहरूलाई पक्राउ गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । यादव, गुप्ता र मेहतालाई सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित राजापोखरीबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाको साथबाट डाइलक्स डिसी १०० एमएलको ४७ बोतल बरामद गरिएको प्रहरीले जनाएको छ । उराव र मेहतालाई इनरुवा–४ बाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उराव र मियाँको साथबाट प्रहरीले नाइट्रिसन १० लेखिएको लागूऔषध जम्मा ८ वटा बरामद गरिएको प्रहरीले जनाएको छ । इनरुवा–४ स्थित बसचोकमा शंकास्पद अवस्थामा आउँदै गरेको देखी जाँच गर्ने क्रममा लगुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरी लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिमको कानूनी प्रक्रिया बढाइएको सुनसरीका प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्