
अमेरिकाको राष्ट्रपति निर्वाचनको अहिलेसम्मको प्रक्षेपण सही आएछ भने डोनल्ड ट्रम्पले २४७ इलेक्टोरल भोट अनि जो बाइडनले २४४ भोट पाउने संकेत पाइएको छ ।
त्यस्तो अवस्थामा विस्कोन्सिन, मिशिगन र पेन्सिल्भेसनियाको इलेक्टोरल मतको महत्त्व हुनेछ ।
विस्कोन्सिनको १०, मिशिगनको १६ र पेन्सिल्भेनियाको २० भोटले चुनावको विजेता निर्धारण गर्नेछ ।
यी तीनमध्ये दुई राज्य जित्ने उम्मेदवारले निर्वाचन जित्नेछ ।
यी राज्यहरूलाई रस्ट बेल्ट भनिन्छ । यिनीहरूले सन् २०१६ कै जस्तो परिणाम दिने आकलन गरिएको छ । त्यतिखेर यिनीहरूले ट्रम्पलाई भोट दिएका थिए ।