२३ असार २०८३, मंगलबार

के बाइडेनको जीत सुनिश्चित भएको हो ?

कात्तिक २०, २०७७
के बाइडेनको जीत सुनिश्चित भएको हो ?

सर्वाधिक चासोका रुपमा रहेको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतगणना जारी छ । 

जारी मतगणनामा राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछि पारेका छन् । 

द एसोसिएट्स् प्रेसले सार्वजनिक गरेको पछिल्लो मत अपडेट अनुसार डेमोक्र्याटिक्स पार्टीका बाइडेनले २ सय ६४ इलेक्ट्रोरल मत पाएका छन् । 

यसैगरी वर्तमान राष्ट्रपति ट्रम्पले हालसम्म २ सय १४ इलेक्ट्रोरल भोट पाएका छन् । 

निर्वाचित हुनका लागि कुल ५ सय ३८ मतमध्ये २ सय ७० इलेक्ट्रोरल मत आवश्यक हुन्छ । हालसम्म बाइडेन जीतको बाटोमा देखिएका छन् । 

कतिपय राजनीतिक विश्लेषकहरूले अब बाइडेनको जीत निश्चित भएको विश्लेषण गर्न थालिसकेका छन् । यद्यपी ट्रम्प र बाइडेन दुवैले आफ्नो जीत निश्चित भएको दावी गर्दै आइरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्