२२ असार २०८३, सोमबार

कांग्रेसको पदाधिकारीमा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने माग

कात्तिक २०, २०७७
कांग्रेसको पदाधिकारीमा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने माग

नेपाली कांग्रेसको पदाधिकारीमा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशनले बुधबार साँझ आयोजना गरेको ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन र महिला नेतृत्व’ विषयक भर्चुअल अन्तक्रिर्याका सहभागी कांग्रेस महिला केन्द्रीय सदस्यहरुले कांग्रेसको केन्द्रदेखि वडा तहसम्म आठवटै संरचनामा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने बताएका हुन् ।
 
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले महिलाको हक, हित स्थापित गर्ने कांग्रेसले स्थानीय तहदेखि केन्द्रसम्म पदाधिकारीमा महिलालाई एक तिहाइ समावेश गर्नुपर्ने बताउनुभयो । “देशको हरेक परिवर्तनका संवाहक महिला हुन्, महिलालाई पार्टीले विशेष स्थान दिनुपर्छ”, उनले भने । 

पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री कमला पन्तले कांग्रेसले पार्टी क्रियाशील सदस्य कम्तीमा एक तिहाइ महिलालाई उपलब्ध गराउनुपर्ने बताउनुभयो । कांग्रेस केन्द्रीय सदस्य एवं सांसद डा डिला सङ्ग्रौलाले आगामी महाधिवेशनमा कांग्रेस पदाधिकारीमा महिला नेतृत्वलाई ल्याउनुपर्ने बताए । 

कार्यक्रममा महिला नेत्रीहरुले दिनानुदिन शृङ्खलाबद्धरूपमा भइरहेको महिला माथिको हिंसा, बलात्कार र हत्याको भत्र्सनासमेत गरेका छन् ।

यस्तै सरकारले बहुमतका आधारमा संविधान मिच्ने, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई नस्वीकार्ने, संवैधानिक निकायमाथि हस्तक्षेप गर्ने कुरा कुनै हालतमा स्वीकार्य हुन नसक्ने बताएका छन् । यसैगरी कोरोना महामारी नियन्त्रण बाहिर जानसक्ने सम्भावना देखिइसकेकाले सरकारसँग निःशुल्क स्वास्थ्य परीक्षण र उपचारको मागसमेत गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्