
अमेरिकाको राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले देशकै इतिहासमा सबभन्दा धेरै भोट ल्याएका छन् ।
अहिलेसम्मको मतगणना अनुसार, ७ करोड २० लाखभन्दा बढी भोट ल्याइसकेका छन् । प्रतिद्वन्द्वी राष्ट्रपति डोनल्ड ट्रम्पले ६ करोड ८५ लाखभन्दा बढी भोट जितेका छन् ।
यसअघिको कीर्तिमान बाराक ओबामाको थियो । उनले सन् २००८ मा ६ करोढ ९४ लाख भोट ल्याएका थिए ।
यस निर्वाचनमा पहिले नै दिइएको मत र हुलाकमार्फत दिइएको मतले अन्तिम परिणाम निर्धारण गर्ने देखिएको छ । अहिलेसम्म परिणाम अनिर्णित अवस्थामा छ तर बाइडनको चान्स बढी छ ।