१३ असार २०८३, शनिबार

नवलपुरमा भीरबाट खसेर महिलाको मृत्यु

कात्तिक २०, २०७७
नवलपुरमा भीरबाट खसेर महिलाको मृत्यु

नवलपुर जिल्लाको बुलिङटार गाउँपालिकामा भीरबाट खसेर १ जना महिलाको मृत्यु भएको छ ।

नवलपुर (बर्दघाट–सुस्तापूर्व) को बुलिङटार गाउँपालिका–५ मा भीरबाट खस्दा स्थानीय ३१ वर्षीया पिहीसरा सार्कीको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार बुधवार बिहान लापाकको भीरमा घाँस काट्न जाने क्रममा उनको मृत्यु भएको थियो । अबेरसम्म पनि घर नआएपछि उनको खोजी गर्दा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

आफन्तले खोजी गर्ने क्रममा भीरबाट करीब २५ मिटर तल खोल्सामा उनको शव फेला पारेको मल्लले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्