०८ असार २०८३, सोमबार

नितिश कुमारले गरे अब चुनाव नलड्ने घोषणा

कात्तिक २०, २०७७
नितिश कुमारले गरे अब चुनाव नलड्ने घोषणा

भारतको विहार राज्यका मुख्यमन्त्री नितिश कुमारले अर्को पटकबाट आफू विधान सभामा उम्मेदबार नबन्ने घोषणा गरेका छन् । निर्वाचन प्रचारप्रसारको अन्तिम दिन बिहीबार उनले आफ्नो लागि अहिलेको निर्वाचन नै विधान सभाको अन्तिम निर्वाचन भएको घोषणा गरेका हुन् ।

चुनावी सभामा उनले भने, “आज निर्वाचन प्रचारप्रसारको अन्तिम दिन हो, एक दिनपछि मतदान हुँदैछ, मलाई तपाइहरुले विधान सभाका लागि मतदान गर्ने यो अन्तिम पटक हो, अन्तिमको मौका राम्रो भयो भने सधैँ राम्रो हुन्छ ।”  

भारतका विहारमा अहिले विधान सभा निर्वाचन भइरहेको छ । तेस्रो चरणको निर्वाचन यही नोभेम्बर ७ तारिखका दिन हुन लागेको छ ।

salt training

कमेन्ट गर्नुहोस्