
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू निकट सचिवालय सदस्यहरूलाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराही बोलाएका छन् ।
अध्यक्ष प्रचण्डले शुक्रवार दिउँसो ३ बजे नेताहरूलाई धुम्बाराही बोलाएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।
प्रधानमन्त्री ओलीसँग भएको आफ्नो कुराकानीबारे ब्रिफिङ गर्न प्रचण्डले सचिवालय सदस्यहरूलाई धुम्बाराही बोलाएका हुन् ।
प्रधानमन्त्री ओलीबाहेक सबै सचिवालय सदस्यलाई बोलाइए पनि उपप्रधानमन्त्रीसमेत रहेका ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा 'बादल' नजाने सम्भावना रहेको स्रोतको दाबी छ ।
शुक्रवार बिहान प्रचण्डसँग पछिल्लो अपडेट लिन संसदीय दलका उपनेता समेत रहेका सुवासचन्द्र नेम्वाङ प्रचण्डनिवास खुमलटार पुगेका थिए ।
नेम्वाङले वार्ताका लागि अब बालुवाटार छिर्दिनँ भन्नुभएको हो र ? भनेर प्रश्न राखे ।
जवाफमा प्रचण्डले छलफल र सहमतिको विकल्प नरहेको भन्दै आफूले त्यसो नभएको जानकारी गराएको नेम्वाङले बताए ।