
कोरोनाभाइरस (कोभिड– १९) संक्रमणणबाट कैलालीमा वडाध्यक्षको मृत्यु भएको छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत गौरीगंगा नगरपालिका– ३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको शुक्रवार बिहान मृत्यु भएको हो ।
१० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचाररत शाहको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
उपचारकै क्रममा शाहको शुक्रवार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
कडा खालको निमोनिया देखिएपछि कार्तिक १२ गते अस्पताल भर्ना भएका शाहमा १७ गते मात्रै कोरोना पुष्टि भएको थियो ।