
कोरोना सङ्क्रमित सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री प्रकाश शाहलाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौं लगिने भएको छ ।
१५ कार्तिकमा कोरोना सङ्क्रमण पुष्टि भएका मन्त्री शाह बिहीबार सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पताल भर्ना भएका थिए ।
नाकबाट रगत बग्न थालेपछि अस्पताल भर्ना भएका उनलाई बिहीबार नै अस्पतालले डिस्चार्ज गरेको थियो ।
उनलाई थप उपचारको लागी काठमाडौं लैजाने तयारी भइरहेको मन्त्री शाहका स्वकीय सचिव जङ्ग विकले जानकारी दिए ।