२१ असार २०८३, आइतबार

उपत्यकाका ढलको पानी प्रशोधन गरेर नुहाउन मिल्ने बनाइने

कात्तिक २०, २०७४
उपत्यकाका ढलको पानी प्रशोधन गरेर नुहाउन मिल्ने बनाइने
काठमाडौं, १० पुस -उपत्यकाको ढलको पानी प्रशोधन गरेर नुहाउन मिल्ने बनाइने भएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)ले ढलको पानी सफा बनाउन काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा ढल प्रशोधन केन्द्र स्थापना गर्ने तयारी गरेको आजको नयाँ पत्रिकाले खबर छापेको छ |
ढलको पानी प्रशोधन गर्न पशुपतिको गुह्येश्वरी, भक्तपुरको सल्लाघारी, ललितपुरको बालकुमारी काड्कु र धोबीघाटमा केन्द्र सञ्चालन गरिन लागेको हो । अत्याधुनिक प्रविधिको प्रयोग गरी ढलको पानी नुहाउन मिल्ने गरी प्रशोधन गर्ने तयारी गरिएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताए ।
उनका अनुसार प्रशोधित पानीलाई बागमतीमा पठाइनेछ । ढल प्रशोधन केन्द्रमा नेपाल सरकारको ४० प्रतिशत र एसियाली विकास बैँक (एडिबी)लगायत अन्य दातृनिकायको ६० प्रतिशत लगानी रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्