२५ जेठ २०८३, सोमबार

हाम्रो पात्रोले ल्यायो निर्वाचन विशेष फिचर

कात्तिक २०, २०७४
हाम्रो पात्रोले ल्यायो निर्वाचन विशेष फिचर
काठमाडौं, २९ वैशाख – हाम्रो पात्रोले निर्वाचन विशेष फिचर ल्याएको छ । पात्रोका तमाम लाखौं प्रयोगकर्ताहरूको सजिलोको लागि निर्वाचन विशेष नयाँ अपडेट ल्याइएको एक विज्ञप्ती जारी गरेर जनाइएको छ ।

हाम्रो पात्रोले मोबाइलमा हाम्रो पात्रो एप भएपनि अटामेटिक अपेडट नभएको भए आजै अपडेट गर्न आग्रह समेत गरेको छ । पात्रोमा निर्वाचनमा सहभागि सम्पूर्ण पार्टीको नाम, सहभागि उम्मेदवारबारे विस्तृत जानकारी तथा मतगणनाको प्रत्येक अपडेट समेत पाउन सकिने छ ।

निर्वाचनका समय प्राप्त जरूरी सूचना, सामाचारको सम्प्रेषण तथा महानगरपालिका, उप-महानगरपालिका, नगरपालिका, तथा गाउँपालिकाहरूमा अग्रता लिएका मेयर, उप-मेयर, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका उम्मेद्वार, राजनीतिक पार्टिहरूको ताजा अवस्था तथा अन्तिम नतिजाबारे हरपलको जानकारी उपलब्ध गराउने हाम्रो पात्रोका सन्तोष देवकोटाले बताएका छन् ।

यसका अलावा जिल्ला अनुसारका दलहरू, दल अनुसारका उम्मेद्वारहरूका विवरण साथै मतदानको अन्तिम नतिजाका कुनै पनि पेजलार्इ आफूलार्इ मनपरेका सामाजिक सञ्जालहरूमा तत्काल सम्प्रेषण गर्न मिल्ने किसिमले तयार पारीएको छ ।

salt training

कमेन्ट गर्नुहोस्