
धनगढीमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका–२ का ८४ वर्षीय पुरुषको सोमवार बिहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालमा सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।
कडा प्रकारको निमोनिया भएर अस्पताल आएका उनको शुक्रवार अस्थायी कोरोना अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।