२० असार २०८३, शनिबार

बागलुङकी कोरोना संक्रमितलाई हेलिकप्टरले गर्यो उद्दार

कात्तिक २४, २०७७
बागलुङकी कोरोना संक्रमितलाई हेलिकप्टरले गर्यो उद्दार

धौलागिरि अस्पताल बागलुङमा उपचाररत एक कोरोना सङ्क्रमितलाई हेलिकप्टरमार्फत थप उपचारका लागि आज बिहान काठमाण्डौं लगिएको छ ।

यही शुक्रबार कोरोना पोजेटिभ देखिएर धौलागिरी अस्पतालमा भर्ना भएकी बागलुङ नगरपालिका–४ का ५४ वर्षीया महिलालाई श्वासप्रस्वासमा समस्या देखिएपछि थप उपचारका लागि काठमाण्डौँ लगिएको धौलागिरी अस्पतालका सूचना अधिकारी तर्थराज गौतमले जानकारी दिए ।

उनलाई अस्पतालमा अक्सिजन दिँइदै आएको थियो । सङ्क्रमितलाई काठमाण्डौँ हयाम्स अस्प्तालमा लगिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्