
निरन्तर बढिरहेको सुनको मूल्यमा आज भारी गिरावट आएको छ ।
मंगलवार नेपाली बजारमा छापावाल सुन प्रति तोला ९४ हजार ८ सय रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाल सुन प्रति तोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा यस दिन छापावाल सुनको मूल्यमा प्रति तोला ३ हजार ४ सय रुपैयाँको गिरावट आएको हो ।
मंगलवार तेजाबी सुन प्रति तोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने तेजाबी सुन प्रति तोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।