२८ जेठ २०८३, बिहीबार

विकास हेर्न किमाथांका जाँदै प्रधानमन्त्री ओली

कात्तिक २५, २०७७
विकास हेर्न किमाथांका जाँदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली विकास आयोजनाको निरीक्षणका लागि भोलि बुधवार संखुवासभाको किमाथांका जाँदैछन् ।

चीनसँगको सीमावर्ती क्षेत्र किमाथांकामा विकास आयोजनाको निरीक्षण तथा सीमा सुरक्षाको अवलोकन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

अवलोकन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले कोशी करिडोर लगायत विकासका कामको निरीक्षण गर्नेछन् ।

मिर्गाैला प्रत्यारोपणपछि प्रधानमन्त्री ओली बालुवाटार बाहिरका कार्यक्रममा कमै सहभागी हुने गरेपनि भोलि उपत्यकाबाहिर नै जान लागेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्