
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ बाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–४ का २१ वर्षीय सन्तोष गुरुङ, शुक्लागण्डकी नगरपालिका–५ का ३० वर्षीय मनोज क्षेत्री र गोरखाको आरुपोखरीथोक घर भई शुक्लागण्डकी नगरपालिका–२ बस्ने रवि गुरुङ रहेका छन् ।
उनीहरूको साथबाट १०४ थान डाइजेपाम, ८९ थान नुफिन र ९३ थान फेनारगन गरी २८६ थान लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिउपर लागूऔषध मुद्दा दर्ता गरिएको छ ।