०८ असार २०८३, सोमबार

एलिजा र आशिस अभिनित ‘यो धड्कन’ सार्वजनिक

कात्तिक २५, २०७७
एलिजा र आशिस अभिनित ‘यो धड्कन’ सार्वजनिक

अस्मिता अधिकारी र विशाल निरौलाको आवाज रहेको गीत ‘यो धड्कन’ सार्वजनिक भएको छ । 

गायक विशालकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको निर्देशन तथा कोरियोग्राफी गोविन्द राईको रहेको छ ।

मिक्सडीया ग्रुपको प्रस्तुति रहेको भिडियोमा नायिका एलीजा गौतम र आशिस कुमार फिचर्ड छन् । नायिका एलिजा गौतम यतिबेला म्युजिक भिडियोमा निकै चर्चामा रहेकी छिन् ।

यता मोडल आशिस कुमार भने मिस्टर रौनियार २०१९ को विजेता पनि रहेका छन् । उनको यो पहिलो म्युजिक भिडियो हो ।  

भरत रौनियारको शब्द तथा कन्सेप्टमा तयार पारिएको गीतको संगीत खेम सरु मगरको रहेको छ भने  एलेन मगरको  छायांकन , एकान्त मगरको सम्पादन र विशाल निरौलाकोको एरेन्ज गीतमा समावेश गरिएको छ । गीतको पोस्ट प्रोडक्सन डिसी फिल्म्सले गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्