०३ असार २०८३, बुधबार

इसेवामनी ट्रान्सफरको रेमिट्यान्स् सेवा कुवेतबाट पनि शुरू

कात्तिक २५, २०७७
इसेवामनी ट्रान्सफरको रेमिट्यान्स् सेवा कुवेतबाट पनि शुरू

इसेवा मनि ट्रान्सफर र कुवेतको ख्यातिप्राप्त रेमिट्यान्स् कम्पनी युएई एक्स्चेञ्जबीच रेमिट्यान्स् सेवा शुरू भएको छ । 

रेमिट्यान्स् सम्बन्धी सम्झौता पत्रमा इसेवा मनि ट्रान्स्फरका तर्फबाट प्रबन्ध निर्देशक अजेश कोइराला र युएई एक्स्चेञ्जका तर्फबाट कार्यकारी प्रमुख कृष्ण कुमार यछारथले हस्ताक्षर गरेका छन् ।

यो सेवा शुरू भएसँगै कुवेतमा रहेका नेपालीहरूले युएई एक्सचेन्जका २३ वटा शाखाबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवा वालेटमा पैसा पठाउन सकिनेछ ।

नगदमा पठाइएको रकम नेपाल भर रहेका ८,००० भन्दा धेरै इसेवा मनी ट्रान्सफरका एजेन्ट तथा इसेवावालेट एप मार्फत पनि प्राप्त गर्न सकिनेछ ।

साथै इसेवा वालेटमा पैसा पठाउदा ७५० फिल्स  मात्र सेवा शूल्क लाग्ने छ । त्यसै गरी बैंक खातामा पठाइएको रकम तत्कालै तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । युएई एक्स्चेञ्जले छिट्टै  नै इसेवामनि ट्रान्सफरको सेवा आफ्नो अनलाइन मोबाइल एप मार्फत पनि शुरू गर्ने छ ।

इसेवामनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै  एजेन्ट बेस रेमिट्यान्स् सेवामार्पmत नेपालमा रेमिट्यान्स् भित्राउदै आएको छ । हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै इसेवाले डिजिटल माध्यमबाट समयको बचत, आर्थिक फाइदा र प्राविधिको प्रयोगबाट सुरक्षित ढंगबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ ।

इसेवा मनि ट्रान्सफरलाई रेमिट्यान्स्को विश्वबजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनीको रुपमा स्थापना गर्नु आफुहरुकोे उद्देश्य रहेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्