×

NMB BANK
NIC ASIA

बस्दाखेरी गोडो हल्लाउने बानी छ ? यसरी सुधार्नुस्

मंसिर १५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

केही मानिस बस्दाखेरी अनायासै गोडो हल्लाइरहेका हुन्छन् । धेरैजनाले यो बानी मात्र भएको ठानेर बेवास्ता गर्छन् । तर यो रेस्टलेस सिन्ड्रोमको लक्षण हो । के हो यो सिन्ड्रोम र यसबाट कसरी छुटकारा पाउने ? चर्चा गरौं ।

Sagarmatha Cement
Muktinath Bank

खासमा यो एक स्नायु प्रणालीको रोग हो । गोडो हल्लाउँदा शरीरमा डोपामाइन हर्मोन आउन थाल्छ जसकारण व्यक्तिलाई घरिघरि हल्लाउन मन लाग्छ । डोपामाइनले सुखको अनुभूति दिलाउँछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शरीरमा आइरनको कमी भएमा यो सिन्ड्रोम देखापर्छ । यसको असर ३५ वर्षभन्दा बढी उमेरका व्यक्तिहरूमा देखिन्छ । गर्भवती महिलाहरूमा डेलिभरीको अन्तिम दिनहरूमा हर्मोनमा परिवर्तन आएका कारण पनि यो समस्या देखिन्छ । अत्यधिक रक्सी सेवन, रुघा र एलर्जीको औषधि खाँदा पनि यो सिन्ड्रोमको सम्भावना बढ्छ ।


Advertisment
Nabil box
Kumari

यो बानी र रोगबाट छुटकारा पाउनका लागि तपाईंको जीवनशैली राम्रो हुन्छ र त्यसबाहेक तपाईंले केही अन्य कुरामा ध्यान दिनुपर्छ ।

Vianet communication
Laxmi Bank

जीवनशैलीमा सुधार
रक्सी, क्याफिन र चुरोट खान छोड्नुस् । दिनदिनै पर्याप्त निद्रा लिनुस् र समयमै सुत्नुस् । सुत्नुअघि खुला हावामा टहल्नुस् । सुत्नुअघि कठिन व्यायाम नगर्नुस् । डुल्नुका अलावा स्ट्रेचिङ वा रिल्याक्सेसन व्यायाम गर्नुस् ।

घरेलु उपाय अपनाउनुस्
जाइफलमा अद्भुत सुगन्ध र गुण हुन्छ जसले स्नायु प्रणालीलाई शान्त पार्छ । राति सुत्नुअघि गाईको दूध तताएर त्यसमा अलिकति जाइफल हालेर पिउनुस् । यसले राम्रो निद्रा ल्याउँछ । सुत्नुअघि लेभेन्डर तेल, क्यामोमाइल तेललाई अंगुरको तेल वा बदामको तेलमा मिसाएर गोडामा मालिश गर्नुस् ।

नियमित योग गर्नुस्
योगमार्फत तपाईं अस्थिर गोडालाई आराम दिन सक्नुहुन्छ । हप्तामा दुईचोटि ९० मिनेटको योग गर्नुभयो भने राम्रो निद्रा लाग्छ र मूड पनि सही हुन्छ । रेस्टलेस लेग सिन्ड्रोम जस्ता समस्याबाट बच्न चाहनुहुन्छ भने वृक्षमुद्रा लगायतका योगासन गर्नुस् ।

नियमित मालिश
नियमित मालिश गर्दा पनि रेस्टलेस लेग सिन्ड्रोमबाट राहत पाइन्छ । हप्तामा दुईचोटि ४५ मिनेट गोडाको मसाज गर्दा निद्रा राम्रो आउँछ र गोडा स्वस्थ रहन्छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x