
दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ ।
राप्ती गाउँपालिका–४ मौरीघाटमा ट्रकको ठक्करबाट ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ना६ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा५प ६७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मंगलवार राति दुर्घटना भएको हो । ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले जानकारी दिए ।
दुर्घटनामा राप्ती गाउँपालिका–५ का १६ वर्षीय मनोज गाहा, राप्ती गाउँपालिका–२ का १८ वर्षीय कसम पुन र राप्ती गाउँपालिका–८ पिपरीका १८ वर्षीय दिनेश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।