०६ असार २०८३, शनिबार

हिमालपारि ३३ केभी विद्युत् प्रसारण लाइन बन्दै

कात्तिक २०, २०७४
हिमालपारि ३३ केभी विद्युत् प्रसारण लाइन बन्दै

लमजुङ, ३० वैशाख– लघु जलविद्युत् मात्र रहेको हिमालीपारिको जिल्ला मनाङमा राष्ट्रिय प्रसारण लाइन निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । जिल्लाका सबै स्थानमा राष्ट्रिय प्रसारण लाइन पुर्याउने लक्ष्यका साथ ३३ केभी विद्युतीय लाइन विस्तार गरिएको हो ।

दुई वर्षभित्र मनाङका सबै क्षेत्रमा राष्ट्रिय विद्युत् प्रसारणबाट सेवा उपलब्ध गराउने उद्देश्यका साथ काम भइरहेको नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले बताए । उनका अनुसार अहिले ३३ केभी लाइन विस्तारको काम तीव्र गतिमा अघि बढिरहेको छ ।

विद्युतीकरणका लागि लमजुङको उदिपुर–मनाङ ३३ केभी विद्युतीकरण निर्माण आयोजनाले काम गरिरहेको छ । प्राधिकरणका अनुसार मनाङको थानचोकमा ३३/११ केभी को शवस्टेसनको निर्माण गरी मनाङलाई केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको छ ।

३३ केभी लाइनको निर्माण एक वर्षमा सकेर आगामी वर्ष शवस्टेसनका निर्माण कार्य गरिने न्यौपानेले बताए ।

मनाङमा ८० किलोवाटको सब्जे खोला र ६० किलोवाटको चामे लघुजलविद्युत् आयोजना साथै जिल्लाको मनाङ, पिसाङ, धारापानी, ताललगायतका क्षेत्रका स्थानीयले समुदायमा आधारित लघुजलविद्युत् आयोजनाको निर्माण गरी विद्युतीय सेवा उपभोग गर्दै आइरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्