२२ असार २०८३, सोमबार

पछिल्लो २४ घण्टामा भेटिए २५ सय ६९ कोरोना संक्रमित, २६ को मृत्यु

कात्तिक २६, २०७७
पछिल्लो २४ घण्टामा भेटिए २५ सय ६९ कोरोना संक्रमित, २६ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २ हजार ५६९ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।

१० हजार ८१ जनाको पीसीआर परीक्षण गरिएकोमा २ हजार ५६९ मा संक्रमण देखिएको मन्त्रालयले निकालेको सूचनामा उल्लेख छ ।

यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय १२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १६ सय ६६ संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् भने हालसम्म नेपालमा संक्रमणमुक्त हुनेको संख्या १ लाख ६२ हजार २ सय ४३ पुगेको छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाका कारण २६ जनाको मृत्यु भएको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्