१३ असार २०८३, शनिबार

गुगल म्यापमै देखिन थाले दिल्लीका शौचालय

कात्तिक २०, २०७४
गुगल म्यापमै देखिन थाले दिल्लीका शौचालय
नयाँ दिल्ली, १० पुस-गुगलले भारतको राजधानी नयाँ दिल्लीमा सर्वसाधारणलाई सार्वजनिक शौचालय पत्ता लगाउन सहयोग गर्ने गरी विशेषता सार्वजनिक गरेको छ । गुगलले भारत सरकारको सक्रियतामा देशव्यापी रुपमा खुला रुपमा हुने दिशापिसाव रोक्नका लागि यस्तो विशेषता सार्वजनिक गरेको गुगल इण्डियाका प्रवक्ता गौरव भाष्करले बताएका छन्, आजको राजधानी दैनिकमा खबर छ ।toilet
गुगलले सार्वजनिक गरेको यो विशेषताले अब दिल्लीमा सर्वसाधारणले गुगल म्यापमा गएर ‘पब्लिक ट्वाइलेट’ टाइप गर्नासाथ राजधानी दिल्लीमा रहेका ५ हजार १ सय ६२ सार्वजनिक शौचालय भएको स्थानहरु पत्ता लगाउन सक्ने छन् ।
गुगल म्यापमा ‘स्वच्छ पब्लिक ट्वाइलेट’ को संकेतमा यी शौचालयहरु भेटिने छन् । सरकारले देशका अन्य क्षेत्रमा पनि यो योजनामा समावेश गर्ने लक्ष्य लिएको प्रवक्ता भाष्करलाई उदृत गर्दै जनाइएको छ ।
गुगलको यो सेवामा प्रयोगकर्ताहरुले शौचालयको स्वच्छताका बारेमा समेत प्रतिक्रिया दिन सक्ने व्यवस्था गरिएको छ । युनिसेफको पछिल्लो तथ्यांकमा १० जनामा एक जना भारतीयले खुला रुपमा शौच गर्ने गरेका छन् । भारतको आधा जनसंख्या शौचालयको पहुँचबाट बाहिर रहेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई वर्षअगाडि भारतको स्वतन्त्रता दिवसको दिन देशभर ग्रामिण इलाकामा शौचालय निमार्णको घोषणा गरेका थिए । भारतमा खुला शौचका कारण महिलाहरु माथि यौन हिंसा बढिरहेको अध्ययनहरुले देखाएको छ । भिचिगन विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको एक अध्ययनमा आफ्नो घरमा शौचालय नभएका महिलाहरुले शौचालयको पहुँचमा भएका महिला भन्दा दोब्बर यौन शोषणमा पर्ने गरेको देखाएको छ ।
सन २०१४ मा भारत सरकारले पाँच वर्षभित्र देशलाई खुला दिशामुक्त घोषणा गर्नेगरी ‘स्वच्छ भारत’ योजना प्रस्तुत गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्