
उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यकामा पुनः निषेधाज्ञा गर्न र सो निषेधाज्ञा यसअघिको भन्दा कडा बनाउन आग्रह गरेको छ । फोरमका पदाधिकारीहरुले बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का पदाधिकारीलाई भेटेर तिहार लगत्तै निषेधाज्ञा कडा बनाउन अनुरोध गरेको हो ।
उपत्यकामा कोरोना दिनप्रतिदिन बढिरहेको अवस्थामा कडा निषेधाज्ञाको विकल्प नभएको फोरमको भनाइ छ ।
फोरमका सचिव तथा मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले उपत्यकामा बढ्दो संक्रमणलाई नियन्त्रण गर्न निषेधाज्ञाको विकल्प नभएको बताए ।