२२ जेठ २०८३, शुक्रबार

नेपाल लाइफले ल्यायो तिहारको शुभकामना गीत (भिडियोसहित)

कात्तिक २६, २०७७
नेपाल लाइफले ल्यायो तिहारको शुभकामना गीत (भिडियोसहित)

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बुधबार तिहारको शुभकामना गीत सार्वजनिक गरेको छ । यतिखेर तिहार नजिकिँदै गएको छ, नेपालीहरुको घर आँगन झिलीमिली  बत्ती र फूलै फूलले रंगिदै छन्, यस्तै कथा वस्तुलाई समेटेर कम्पनीले तिहारको शुभकामना गीत तयार गरेको हो ।

हिन्दुहरुको महान् चाड तिहारमा घरभित्रै बसेर भए पनि मनोरञ्जन लिन सकून् भनेर नेपाल लाइफको ‘इनहाउस टिम’ले मार्मिक र हृदयस्पर्शी शब्दहरुलाई संगीत संयोजन गरी यो शुभकामना गीत तयार गरेको जनाइएको छ ।  जसलाई म्यूजिक भिडियोमार्फत पस्कने प्रयास कम्पनीले गरेको छ ।

शुभकामना गीतले मनोरञ्जन प्रदान गर्नुका साथै तिहारको महिमा, बीमा सम्बन्धी सचेतनामा समेत ध्यान खिचेको छ । तिहार शुभकामना गीत मेघेन्द्रप्रकाश गिरीको शब्द तथा रचनामा मेघेन्द्रप्रकाश गिरी, सम्पन्न सिंह महर्जन, राजीव डीसी र सुशीला लमगडले देउसी–भैलो भाकामा स्वर दिएका छन् ।

शुभकामना गीतमा संगीत मेघेन्द्रप्रकाश गिरी, सम्पन्न सिंह महर्जन, राजीव डीसी र कृपेश लोहनीको रहेको छ । त्यस्तै, अरेन्जरमा कृपेश लोहनी र अभिषेक थापा रहेका छन् ।
गीतमा मनोरञ्जन मात्र होइन, ‘बीमा गर्न जरुरी छ, किनकि जीवन अमूल्य छ’ भन्ने जनचेतनासमेत फैलाउने प्रयास गरिएको छ ।
त्यसैगरी, नेपालका हिमाल, तराई र पहाडलाई समेट्दै झिलिमिली बत्तीले सारा नेपाललाई रंगाउन गीतमा उद्घोष गरिएको छ ।

आफू शिक्षित र समृद्ध हुन तथा सन्ततिको उज्ज्वल भविष्यका लागि नेपाल लाइफमै जीवन बीमा गरी सन्ततिको भविष्य पनि उज्ज्वल बनाउन उक्त गीतमार्फत सुझाइएको छ ।
त्यस्तै, हिमाल, पहाड, तराईदेखि नै नेपाल लाइफको झण्डा फहराई कर्मचारी, अभिकर्ता सबैले एक जुट भएर ‘बीमा गर्न जरुरी छ, किनकि जीवन अमूल्य छ’ अभियानलाई अघि बढाउँदै सेवा दिन पनि आह्वान गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्