२१ जेठ २०८३, बिहीबार

मिस नेपाल–२०२० का प्रतिस्पर्धी सार्वजनिक

कात्तिक २७, २०७७
मिस नेपाल–२०२० का प्रतिस्पर्धी सार्वजनिक

यो वर्षको मिस नेपालका प्रतिस्पर्धीहरु सार्वजनिक गरिएको छ । आयोजक हिडेन ट्रेजरले मिस नेपाल–२०२० का लागि २१ जना प्रतिस्पर्धी आज सार्वजनिक गरेको हो ।

यस वर्षको मिस नेपाल प्रतियोगिताको अन्तिम चरणको प्रतिस्पर्धा आगामी मंसिर २० गते हुने जनाइएको छ ।

हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले यसवर्षको ग्राण्ड फिनाले विगतमा जस्तो रमझम नहुने बताए । उनले गत नोभेम्बर १ मा तयार पारिएको प्रतिस्पर्धीको सूचीबाट २१ जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरिएको जानकारी गराए ।

काठमाडौंसहित देशका मुख्य ९ सहरमा गरिएको अडिसनमार्फत यी प्रतिस्पर्धी छानिएको थियो । अब यी प्रतिस्पर्धीहरू अबको १५ दिन आवाशीय प्रशिक्षणमा बस्नेछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्