२१ जेठ २०८३, बिहीबार

तिहारको बेला सुनको मूल्य घट्यो

कात्तिक २७, २०७७
तिहारको बेला सुनको मूल्य घट्यो

तिहारको मुखैमा आएर नेपाली बजारमा सुनको मूल्यमा गिरावट आउन थालेको छ ।

बिहीवार नेपाली बजारमा छापावाल सुन प्रति तोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, बिहीवार तेजाबी सुनको मूल्य प्रति तोला ९४ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार, बिहीवार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय २० रुपैयाँ कायम भएको थियो । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्