०६ साउन २०८३, बुधबार

‘मुन्द्रेको कमेडी क्लब’बाट दिपा हटेपछि फैलिएको त्यो हल्ला, जितु नेपालले मुख खोले !

कात्तिक २७, २०७७
‘मुन्द्रेको कमेडी क्लब’बाट दिपा हटेपछि फैलिएको त्यो हल्ला, जितु नेपालले मुख खोले !

चलचित्र ‘छक्का पञ्जा’ टीमले कलाकार जितु नेपाललाई आफ्नो क्याम्पबाट किक हानेको खबरले पछिल्लो समय मिडिया निकै तात्यो ।

जितुले सञ्चालन गर्ने कार्यक्रम मुन्द्रेको कमेडी क्लबबाट दीपाश्री निरौलालाई हटाएपछि त्यसको बदलामा छक्का पञ्जाबाट जितुलाई हटाइएको अड्कल लगाइयो । विभिन्न कोणबाट अड्कल र बहस भइरहेका बेला जितुले यस विषयमा मुख खोलेका छन् ।

जितुको भनाइ जस्ताको त्यस्तै –

वास्तवमा जब यो खबर सुनें, निकै हाँसो लाग्यो । छक्का पञ्जा टीमबाट हटाइएको विषयमा न मैले थाहा पाएँ, न जसले निकाल्यो भनियो उसले थाहा पायो । यो सबै अड्कलका भरमा अनेक अनुमान गरियो । हल्लाखल्ला गरियो ।

दीपकराज, दिपा दिदी लगायत सबैसँग कुरा भइरहेको छ । कहिल्यै त्यस्तो कुरा गर्नुभएन । तर अचम्म एकाएक छक्का पञ्जा टीमबाट म निस्किएको भन्दै बजारमा हल्ला पो भयो ।

मुन्द्रको कमेडी क्लबको अध्यक्ष फर्ने कुरा दिपा दिदीसँगको सल्लाहमै भएको थियो । म आफ्नो काममा व्यस्त छु, उहाँहरू आफ्नो काममा व्यस्त हुनुहुन्छ । अहिले चलचित्र बन्ने कुरा पनि छैन, भयो भने त्यो अलिकति पछिको कुरा हो । कोरोनाको कारण खासै भेटघाट भएको छैन, भेटघाट नहुँदा, सँगैका तस्वीर सार्वजनिक नगर्दा अनावश्यक गसिप बनाइएको हुन सक्छ ।

अर्को कुरा छक्का पञ्जा टीमसँग कहिलेकाहीँ काम नगर्न पनि सकिन्छ, कहिले विषयवस्तु नमिल्न सक्छ, कहिले व्यस्त हुन पनि सकिन्छ । कलाकार मान्छे हो, कहिलेकाहीँ अरु टीमसँग पनि काम गर्न हुन्छ । आखिर म नभएर पनि त्यस्तो आकाश नै खस्ने पनि होइन । यस विषयमा अब धेरै हल्ला र अनावश्यक गसिप नबनाइदिए आभारी हुने थिएँ । 

salt training

कमेन्ट गर्नुहोस्