२५ जेठ २०८३, सोमबार

साइकल रेसका क्रममा दुर्घटना भएपछि साइक्लिस्टको जिउभरि सिउँडी (भिडियो)

कात्तिक २५, २०७७
साइकल रेसका क्रममा दुर्घटना भएपछि साइक्लिस्टको जिउभरि सिउँडी (भिडियो)

अर्जेन्टिनामा आयोजित साइकल रेस प्रतियोगितामा भाग लिएका एक सिकारु साइक्लिस्ट दुर्घटनामा परेर सिउँडीहरू भएको ठाउँमा लड्न पुगेका छन् । 

उनको जिउभरि सिउँडीका काँडा घोचिएपछि अस्पतालतिर दौडाइएको थियो । 
 

डिएगो मोरेनो नामक ती साइक्लिस्ट राजधानी ब्युनस आयर्सको सिटी पार्क क्षेत्रमा साइकल चलाइरहेको बेलामा लडेका थिए । उनी लडेपछि स्थानीयहरूले उनलाई सिउँडीको झाङबाट निकालेका थिए । 

उनीहरूले मोरेनोको शरीरबाट हजारौं काँडा निकाले तर थप काँडा निकाल्न मोरेनोलाई अस्पतालमा भर्ना गरियो । 

उनलाई सामान्य चोटपटक मात्र लागेको छ । चश्मा र हेल्मेटले आफूलाई अन्धो हुनबाट जोगाएको मोरेनोले बताए । 

उनले पत्रकारहरूलाई भने, ‘म अरू तीन साइक्लिस्टहरूसँग थिएँ । अन्तिममा मै थिएँ । सडकमा सानो खाल्डो रहेछ, देखिनँ । धन्य, मैले चश्मा र हेल्मेट लगाएको थिएँ । अनुहार र टाउकोमा चोट लागेन । काँडामा आँखामा पसेको भए म अन्धो हुने थिएँ ।’
 

मोरेनो सिउँडीको झाङबाट काँडैकाँडा सहित बाहिर निस्केको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्