२४ जेठ २०८३, आइतबार

गण्डकीमा थप २ सय जनामा कोरोना संक्रमण

कात्तिक २७, २०७७
गण्डकीमा थप २ सय जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २०० जना कोरोना सङ्क्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको भएको छ ।

यस अवधिमा ६४७ जनाको कोरोना परीक्षण गरिएको र  नौ जना निको भएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या नौ हजार ९०३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए  । 

प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ११४ जनाको मृत्यु भएको छ भने सक्रिय सङ्क्रमित चार हजार ८१०  छन् । कोरोना सङ्क्रमण भई निको हुनेको सङ्ख्या चार हजार ९७९ पुगेको छ ।

प्रदेशमा हालसम्म ९८ हजार ७६२ जनाको कोरोना परीक्षण गरिएको निर्देशनालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्