
पत्रकार रामकला खड्का पहिलो दक्षिण एसियाली लाड्ली मिडिया एण्ड एडभरटाइजिड अवार्ड बाट पुरस्कृत भएकी छिन् ।
भारतमा लैंगिक समानताका लागि कामगर्दै आएको संस्था पपुलेसन फ़स्टले विगत दश बर्षदेखी आयोजना गर्दै आएको यो पुरस्कार पहिलो पटक लैंगिक सचेतनाका लागि कलम चलाउँदै आएका एसियाली मुलुकका पत्रकारहरुलार्इ बितरण गरीएको हो ।
मुम्बइको टाटा थिएरटरमा शनिवार अायोजित एक कार्यक्रमकाबीच समाचार, लेख रचना, पुस्तक, बिज्ञापन , चलचित्र लगाएतका माध्यमबाट लैंगिक समानता का लागी आवाज़ उठाउदै आएका भारतीय पत्रकार , बिज्ञापन एसेन्सी, चलचित्र लेखकलाई समेत कार्यक्रममा सांसद एवमं लेखक शशी थरुरले पुरस्कार प्रदान गरेका थिए ।
लाड्ली अभियानलाई दक्षिण एसिया मा पुर्याउन योगदान गरे वापत महिला अधिकारकर्मी कमला भाषीनलाई लाईफ टाईम अचिभमेन्ट अवार्डबाट सम्मानित गरियो ।
भारतीय टेलीभिजन च्यानल कलर्स र युएनएफपिए को सहकार्यमा भएको कार्यक्रममा संथाकी निर्देशक डा ए.एल. सारदाले दक्षिण एसीयाली मुलुकहरुमा एकै प्रकृतिका ईतिहास संस्कृति र मुल्य मान्यता हुनेहुनाले लैंगिक समानतामुलक समाज गठन गर्न सबै एक भएर अगाडि बड्न आग्रह गरिन् ।