२९ असार २०८३, सोमबार

एनआइसी एशिया बैंकको २३ औं वार्षिक साधारण सभा मंसिर २१ गते हुने

कात्तिक २८, २०७७
एनआइसी एशिया बैंकको २३ औं वार्षिक साधारण सभा मंसिर २१ गते हुने

एनआइसी एशिया बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा मंसिर २१ गते हुने भएको छ ।

बुधवार बसेको ४६२ औं संंचालक समितिको बैठकको निर्णयअनुसार साधारण सभा मंसीर २१ गते काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा सम्पन्न हुने बैंकले जनाएको छ । 

बैंकको २३ औं वार्षिक साधारण सभामा आ.व. २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात र नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने लगायतका समान्य प्रस्तावहरूमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची रहेको छ । 

साथै गत आ.व. को मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनश शेयर (रू. १ अर्ब ८४ करोड ६३ लाख) र १ प्रतिशत नगद लाभांश (रू. ९ करोड ७२ लाख) लाभांश कर प्रयोजनार्थ समेत वितरण गर्न स्वीकृत गर्ने, बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन/थप गर्ने लगायतका विशेष प्रस्तावमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची समावेश गरिएको छ । 

वार्षिक साधारण सभालाई ध्यानमा राखी २०७७/०८/१० देखि २०७७/०८/२१ सम्म बैंकको शेयर दाखिल खारेज दर्ता बन्द रहनेछ । 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्य सम्बन्धी निर्देशन एवं मापदण्डहरूको सम्मान एवं परिपालना गर्दै साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुनसक्ने व्यवस्था गरिएको छ । साधारण सभामा अनलाइन सहभागीताको लागि बैंकद्वारा शेयरधनी महानुभावहरूलाई मिटिङ आईडी तथा पासवर्ड उपलब्ध गराउने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्