
पूर्वसभामुख दमननाथ ढुङ्गानाले संघीय संसद्को अधिवेशन बोलाउन ढिलाइ गर्दा जवाफदेहिता संकटमा परेको टिप्पणी गरेका छन् ।
नेपाली कांग्रेसका तर्फबाट गत प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार समेत रहेका ढुङ्गानाले प्रमुख प्रतिपक्षी दलको मौनताप्रति पनि प्रश्न गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै ढुङ्गानाले अविश्वासको प्रस्ताव आउला भनेर सत्तापक्षले संसद अधिवेशन आह्वान गर्न ढिला गरेको आशंका गरेका हुन् ।
‘सत्तापक्ष संघीय संसद आह्वान ढिला गर्दैछ । अविश्वास प्रस्ताव आउला भनेरै हो त ? मुख्य प्रतिपक्ष प्रायः मौन किन नि ? सहयोगी भूमिका खेल्न नपाइएला भनेर ? यो भन्दा कति संकटमा पर्नु हाम्रो ‘जवाफदेहिता’ ? क्रान्तिजडित जनउत्तरदायी व्यवस्था !’
नेकपा विवाद उत्कर्षमा पुगेका बेला सरकारले हतारहतार गत असार १८ गते संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेको थियो ।
हिउँदे अधिवेशनको टुंगो लागिसकेको छैन ।